पृष्ठभूमि

यस नाम्खा गाउँपालिका नेपालकाे संविधान, २०७२ काे धारा २९५ उपधारा(३) बमाेजिम कायम भएका ७५३ स्थानिय तहहरू मध्ये एक स्थानिय तह हाे । याे कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे सुदुर उत्तर पश्चिम भागमा अवस्थित रहेकाे छ । याे चिनकाे स्वसाशित क्षेत्र तिब्बतसगँ जाेडिएकाे छ । याे क्षेत्रफलका हिसावले नेपालकाे सबैभन्दा ठुलाे गाउँपालिका हाे जसकाे कुल क्षेत्रफल करिब २४१९.६४ वर्ग कि.मी रहेकाे छ। साविककाे हेप्का, खगालगाउँ, मुचु र लिमी गा.वि.सहरू मिली बनेकाे यस गाउँपालिकामा हाल जम्मा ६ वटा वडाहरू रहेका छन । यसकाे पुर्वमा सिमकाेट गाउँपालिका, पश्चिम र उत्तरमा चिनकाे तिब्बत क्षेत्र र दक्षिणमा बझाङ र बाजुरा जिल्ला रहेका छन । वि.स. २०७८ काे जनगणना अनुसार यस गाउँपालिकामा करिब ३५८९ जनसङख्या रहेकाे छ । यहाँ एक मात्र जाति तामाङ(लामा)हरूकाे मात्र वसाेबास रहेकाे छ । यिनीहरू बाैद्द धर्म मान्दछन । यस गाउँपालिकाकाे प्रत्येक टाेलहरूमा लामा जातिहरूकाे अास्थाकाे प्रतिक देवता मानिने बाैद्द गुम्बाहरू रहेका छन । यिनीहरूकाे मुख्य चाडपर्व साेनाम ल्हाेसार हाे । यहाँ उवा, फापर, काेदाे,अालु, चिनाे, कागुनाे, मकै, स्याउ, अाेखर, चुली, खामु जस्ता खाधबालीहरू उत्पादन हुने गर्दछ । यहाँकाे जंगल सल्लाे, धुपी, भाेजपत्रले ढाकेकाे छ । यार्सागुम्बा, च्याउ, उत्तिस, कटुकी, जटामसी अादी जडिबुटीहरू यहाँकाे वन क्षेत्रमा उपलब्ध छन ।

Read More  

वडाहरु

घरधुरी

७३९

जनसंख्या

३५४०

पुरुष जनसंख्या

१८०४

महिला जनसंख्या

१७३६

अन्य जनसंख्या

क्षेत्रफल (वर्ग किमी)

२४१९.६४
भौगोलिग विवरण
  • पुरुष ४०८
  • महिला ४११
  • जम्मा(पुरुष + महिला) ८१९
  • ( घरधुरी ) १८१
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ३५२
  • महिला ३११
  • जम्मा(पुरुष + महिला) ६६३
  • ( घरधुरी ) १२४
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष ४०२
  • महिला ३४४
  • जम्मा(पुरुष + महिला) ७४६
  • ( घरधुरी ) १२९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष १९८
  • महिला १९१
  • जम्मा(पुरुष + महिला) ३८९
  • ( घरधुरी ) ९८
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २१०
  • महिला २२६
  • जम्मा(पुरुष + महिला) ४३६
  • ( घरधुरी ) १०९
नक्शा
जन प्रतिनिधि
भौगोलिग विवरण
  • पुरुष २३४
  • महिला २५३
  • जम्मा(पुरुष + महिला) ४८७
  • ( घरधुरी ) ९७
नक्शा
जन प्रतिनिधि

अवलोकन

व्यवसाय

कृषि १६१४
ब्यापार ९२
बैदेशिक रोजगारी १८
सरकारी नोकरी १८
शिक्षक २१
गैर सरकारी जागिर / नोकरी २६
ज्याल मजदुर ९१
यातायात मजदुर
उद्यमी
स्वरोजगार ५०
बेरोजगार २४७
गृहणी १२७
विद्यार्थी ६११
राजनीति सदस्य १२

नक्शा